संयुक्त राष्ट्र संघ र नेपाल

संयुक्त राष्ट्र संघ एक अन्तराष्ट्रिय संस्था हो। यसको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो। यसमा हाल १९३ राष्ट्रहरू सदस्य छन्, जसमा संसारका सबैजसो देशहरू पर्छ। सबै सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग मिलोस भन्ने उद्देश्यसाथ संयुक्त राष्ट्र संघको स्थापना भएको हो। मुलत: अन्तर्राष्ट्रिय संघर्षमा हस्तक्षेप गर्ने सहज होस भनि दोस्रो विश्वयु्द्धको विजयी राष्ट्रहरू मिलेर यसको स्थापना भएको हो। तिनको सोचाईमा दोस्रो विश्वयु्द्धमा भोगिएको विध्वसं संसारले फेरी भोग्नु नपरोस भन्ने थियो।


विश्वमा दिगो शान्ति, सदश्य राष्ट्र–राज्यहरुको सार्वभौम अधिकार र राष्ट्रिय अखण्ढता तथा न्यायपूर्ण दिगो विकासका लागि विगतको लामो समयदेखि संयुक्त राष्ट्रसंघले महत्वपूर्ण नेतृत्वदायी र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रयासलाई जारी राख्दै आएको भए तापनि अपेक्षाकृत उपलब्धी हासिल गर्न सकिएको छैन् । विशेषतः अतिविपन्न तथा शक्तिविहिन राष्ट्रहरुको राष्ट्रिय स्वाधिनता तथा ती राष्ट्रमा बसोबास गर्ने लाखौं जनताको गरिवी निवारण प्रतिको प्रयास तथा उनिहरुको निम्नतम आधारभुत आवश्यताको परिपूर्तिका सवाल र मानवअधिकारको संरक्षण र प्रवर्धनका दिशामा राष्ट्रसंघले जुन महत्वपूर्ण सहजीकरणको भूमिका खेल्न सक्नुपर्ने थियो तत् अनुसारको कार्य हुन नसकेको कुरालाई मध्यनजरमा राखेर यस्ता राष्ट्र र ती राष्ट्रका जनताका आर्थिक सामाजिक लगायतका समग्र विकासका आयाम, रुपान्तरण र राजनीतिक तथा नागरिक अधिकारको प्रवर्धनका क्षेत्रमा संयुक्त राष्ट्रसंघ लगावयत यसका विशिष्टिकृत संस्थाहरुले अझ प्रभावकारी तथा परिणामुखी कार्य गर्नु आजको सन्दर्भमा महत्व राख्दछ ।


संयुक्त राष्ट्रसंघको ७१ औं महासभालाई नेपाली उच्चस्तरिय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संबिधान कार्यान्वयन तथा मुलुकको आर्थिक, सामाजिक परिवर्तनका लागि असल आकांक्षा, ऐक्यबद्धता तथा अन्तर्राष्ट्रिय समुदायको सहयोगका क्षेत्रका विविध पक्षलाई उजागर गर्दै राष्ट्रसंघले विकासशील तथा अतिकमविकसित देशका साझा समस्यालाई प्राथमिकताका साथ सम्बोधनको आवश्यकतामा जोड दिनुभयो । नेपालले मानव अधिकारको संरक्षणका दिशामा सबै कानुनी, संस्थागत तथा प्रशासनिक व्यवस्था गरी मानव अधिकारको ग्यारेन्टी गर्ने दिशामा काम भएको तर्फ विश्वमंचको ध्यानाकर्षण गर्नुका साथै नेपाल जस्ता पर्वतीय मुलुकको वातावरणीय परिवर्तन, जलवायु परिवर्तनका असर लगायतका यावत सवालमा देखिएका चुनौतीहरुको सामना गर्नका लागि सामुहिक प्रयासको आवश्यकता र पर्वतीय मुलुकहरुको क्षमता अभिबृद्धि गरी अनुकुलनका लागि पर्याप्त स्रोत तथा प्राविधिक सहयोगको आवश्यकता प्रति विश्वमंचको ध्यानाकर्षण गर्नुभयो । नेपालले संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा विगतका लामो समयदेखि निरन्तर योगदान पुर्याउंदै आएको कुरा स्मरण गराउँदै हाल नेपाली शान्ति मिसनले विश्वका विभिन्न मुलुकमा शान्ति मिसनका कार्यका उल्लेख्य योगदान पुर्याउन सकेको समेत जानकारी गराउनु भयो ।


विश्व स्वस्थ संगठन (वोर्ल्ड हेअल्थ ओर्गनिजेशन) संयुक्त राष्ट्र संघ अन्तर्गतको एक बिशेष एजेन्सी हो | सन २००८ मा ५० हजार महिला स्वयंसविकाहरूले देश भरका झण्डै ३५ लाख बालबालिकासम्म सेवा पुर्‍याएका थिए । यस्तो महान कार्यबाट लाखौं नेपालीको जीवन रक्षा हुनुका साथै स्वास्थ्यमा लाभ पुगी रहेको छ | संयुक्त राष्ट्र संघीय बालकोष -युनिसेफ र विश्व स्वास्थ्य संगठन ले नेपाल को स्वास्थ्य र शिक्षा को क्षेत्र मा आन्गनित टेवा पुराएका छन् |


अन्तरास्ट्रिय श्रम संगठनले नेपाललाइ बालश्रम विरुद्ध जुद्धन सहयोग गर्छ । खाद्य तथा कृषि संगठनले कृषिसम्बन्धी तालिम दिने र खाद्य सुरक्षाको सुनिश्चितता गर्न सहयोग पुर्‍याउँछ । राष्ट्र संघीय विकास कार्यक्रमले सुशानसको विषयमा सहयोग गर्छ । समग्र राष्ट्र संघीय प्रणालीले कोशीको बाढी, एचआइभी/एड्सको खतरा अथवा बर्ड फ्ल्युको भयावह जस्ता आपतकालीन अवस्थामा हामीलाई सहयोग गरेको छ । राष्ट्र संघले नेपाललाई हाम्रो व्रि्रदो पर्यावरणका बारेमा र जलवायु परिवर्तनबाट यसमा पर्न सक्ने प्रभावलाई कसरी रोक्ने भन्ने विषयमा जनचेताना अभिवृद्धि गर्न सहयोग गर्दछ ।

Post a Comment

0 Comments