भारतमा सन् २००० को दशकभन्दा अघि ऋण पाउनु निकै कठिन र धितोमा मात्र आधारित
प्रक्रिया थियो। तर Credit Information Bureau India Limited (CIBIL) को आगमन र विस्तारले
त्यहाँको बैंकिङ परिदृश्यलाई पूर्णतः बदलिदियो। आज भारतमा कसरी क्रेडिट स्कोरिङले
काम गरिरहेको छ, यसका मुख्य आधारहरू के
हुन् र यसले अर्थतन्त्रमा के असर पारेको छ भन्ने कुरा संक्षिप्तमा प्रस्तुत गरिएको छ।
भारतमा CIBIL स्कोर ३ अंकको एउटा गणितीय मान हो, जसले व्यक्तिको चरित्र तथा ऋण तिर्न सक्ने क्षमता जनाउँछ। यसको दायरा ३०० देखि ९०० सम्म हुन्छ। यो स्कोर ९०० को जति नजिक हुन्छ,
बैंकबाट
ऋण वा क्रेडिट कार्ड पाउने सम्भावना त्यति नै बढी हुन्छ।
CIBIL रिपोर्टमा समावेश हुने
मुख्य विवरणहरू:
३-अंकको स्कोर: वित्तीय इतिहासको सार।
भुक्तानी इतिहास (Payment
History Summary): बैंकहरूले उपलब्ध
गराएको विगतको कारोबार/भुक्तानीको लेखा।
व्यक्तिगत विवरण: नाम, जन्ममिति, र लिङ्ग (जो ऋण र क्रेडिट कार्डसँग लिङ्क हुन्छ)।
Enquiries (जिज्ञासा): विगत ३६ महिनामा बैंकहरूले तपाईँको ऋण वा कार्ड आवेदनका लागि कति पटक रिपोर्ट चेक गरे भन्ने विवरण।
खाताको विवरण: हाल सक्रिय रहेका र बन्द भइसकेका सबै ऋण तथा क्रेडिट कार्ड
खाताहरूको विस्तृत जानकारी।
२. स्कोर गणनाका
चार स्तम्भहरू (Factors
of Calculation)
क्रेडिट स्कोर निश्चित वैज्ञानिक आधारमा गणना गरिन्छ:
Payment History (भुक्तानी इतिहास): यो सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। भुक्तानीको इतिहासले विगतमा किस्ता वा बिल भुक्तानीमा अबलम्बन गरिएको अनुशासनलाई पारदर्शी रूपमा देखाउछ । समयमै भुक्तानी नगर्दा वा किस्ताको भुक्तानी समयावधि भित्रै नगर्दा स्कोरमा तुरुन्तै नकारात्मक असर पर्छ।
Credit
Utilization (कर्जा उपयोग): उपलब्ध गराइएको कुल ऋणको सीमामध्ये कति
प्रतिशत प्रयोग भयो भन्ने यसले देखाउँछ। यदि कसैले उपलब्ध सीमाको धेरै अंश
प्रयोग गर्छ भने बैंकले उसलाई 'वित्तीय जोखिम' मा रहेको मान्छन्।
Age of Credit (कर्जाको अवधि): वित्तीय कारोबारको समयावधिको छुटै महतो छ ।जति लामो समयसम्म इमानदारीपूर्वक ऋण व्यवस्थापन हुन्छ, बैंकले सो व्यक्ति त्यति नै स्थिर र भरपर्दो (Reliable) मान्छ।
Enquiries (जिज्ञासा): जब कोहि व्यक्तिले नयाँ ऋणका
लागि आवेदन पेश गर्छ, बैंकले सो व्यक्तिको CIBIL रिपोर्ट रुजु गर्छ। यदि छोटो समयमा धेरै पटक यस्ता 'Enquiries' भएमा त्यसले ऋणका लागि आतुर (Credit hungry) रहेको संकेत गर्छ र
स्कोरमा केही असर पार्न सक्छ।
३. भारतमा यसको
व्यापक प्रभाव (The
Impact Analysis)
भारतको यो मोडलले त्यहाँको अर्थतन्त्रमा तीनवटा मुख्य परिवर्तन ल्याएको छ:
ब्याजदरमा प्रतिस्पर्धा: भारतका धेरै बैंकहरूले उच्च क्रेडिट स्कोर हुने ग्राहकका
लागि ब्याजदरमा ०.२५% देखि ०.५०% सम्म छुट दिने 'रिस्क-बेस्ड प्राइसिङ' मोडल अपनाएका छन्।
डिजिटल लेन्डिङ क्रान्ति: भारतमा अहिले सयौँ 'फिनटेक' कम्पनीहरू छन् जसले ५ मिनेटभन्दा कम समयमा क्रेडिट स्कोर चेक गरेर मोबाइलबाटै ऋण प्रवाह गर्छन्। यसले साना व्यवसायी र अनौपचारिक क्षेत्रका मानिसहरूलाई पूँजीको मूल प्रवाहमा ल्याएको छ।

Post a Comment